डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल

सारांश

  • शिखरन्युज, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा.
  • उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
  • प्रधानमन्त्री ओलीले देवकाटा परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन् ।

शिखरन्युज, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले देवकाटा परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री ओली लगायत मन्त्रीहरु डा. देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल पुगेका हुन् । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै ‘नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा. देवकोटाले पुर्याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने छु’ लेखेका छन् ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?