डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
२० पटक हेरिएको
Shares
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने

सारांश

  • शिखरन्युज, ५ असार- बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएका वरिष्ठ न्युरो सर्जन डा.
  • उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका अस्पतालमा परिसरमा राखिएको छ ।
  • सर्वसाधारणका लागि राखिएको अन्तिम श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

शिखरन्युज, ५ असार- बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका अस्पतालमा परिसरमा राखिएको छ ।

सर्वसाधारणका लागि राखिएको अन्तिम श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ । देवकोटालाई पशुपतिमा रहेको विद्युत शवगृहमा दाहसंस्कार गरिने अस्पतालबाट प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

क्यान्सरबाट पीडित डा. देवकोटालाई छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि नेपाल फर्केका थिए । डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु अस्पताल पुगेर डाक्टर देवकोटालाई श्रद्धान्जली दिएका थिए । अहिलेपनि अस्पतालमा श्रद्धाञ्जली दिनेको घुइँचो लागेको जनाइएको छ ।

देवकोटा वैशाखको दोस्रो साता साता नेपाल फर्किएका थिए। नेपालमा न्युरो सर्जरी विधामा रहेका अधिकांश चिकित्सक देवकोटाका प्रशिक्षित हुन्। नेपालको प्रमुख र चर्चित वीर अस्पतालमा न्युरो सर्जरी विभाग देवकोटाले स्थापना गरेका थिए ।

आजै दिउसो १ बजेपछि नारायणगोपाल चोकबाट रिङरोड हुँदै पशुपति लैजाने कार्यक्रम छ । देवकोटाका तीन छोरी र पत्नीले ७ दिनसम्म काजक्रिया गर्ने भएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Kamala Bhushal

    hardik sharandajali.

    Comment Author

    Uddhav Sapkota

    अल विदा डाक्टर

    Comment Author

    Angel Biwash

    rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?