राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
१
|
५४ पटक हेरिएको
Shares
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !

सारांश

  • राजविराज ।
  • राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं जना मंगलबार एमाले प्रवेश गरेका छन् ।
  • नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामप्रित पासवानले उहाँहरुलाई टीका लगाएर एमालेमा स्वागत गर्नुभयो ।

राजविराज ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं जना मंगलबार एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामप्रित पासवानले उहाँहरुलाई टीका लगाएर एमालेमा स्वागत गर्नुभयो ।

एमाले नगर कमिटि राजविराजद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्द्रिय सदस्यद्वय सुरेश सिंह, लाल मोहम्मद, दलित जनजाती पार्टीकी केन्द्रिय सदस्य पारोदेवी खंग, फोरम नेपालका प्रदेश सदस्य सुखराम यादव, तत्कालिन नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हेमशंकर सिंहलगायतले प्रवेश गरेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका बालेश्वर मिश्र, कुन्ती मिश्र, मो. तफेजुल, माओवादी केन्द्रका हजरत अली, गंगाराम मण्डल, मालेका मुख्तार अंसारी, नेमकिपाका गणेशी साह, पूर्व सहायक वन अधिकृत विशेश्वर दास, ऐशा खातुन, बेचनी खंग, सजना चौधरी, बबीता मण्डल, बेबी कर्ण, सतिश साह, रामप्रसाद शर्मा, राजपाका ललीत मण्डल, अशोक मण्डल, मिश्रीलाल यादव, लाल मियाँ, हिरालाल मण्डल, रघुनन्दन मण्डललगायत छन् ।

नव प्रवेशीहरुलाई एमालेका पोलिटब्युरो सदस्य पासवान, केन्द्रिय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, पुर्व सचिव दिवाकर देवकोटा, प्रदेश सदस्य शैलेन्द्रचन्द्र झाले फुल माला, अविर लगाई स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश गर्नेहरुले देश र सम्पूर्ण जनताको पक्षमा काम गर्ने र जनताको अभिमतमा विश्वास गर्ने एमालेसँग आफ्नो विचार मिलेकोले देशको विकास निर्माणमा सहयोग गर्ने उद्देश्यले पार्टी प्रवेश गरेको बताए । पार्टी प्रवेश गर्नेहरुमध्ये एमालेले सुखराम यादवलाई राजविराजको प्रमुखमा र हेमशंकर सिंहलाई तिलाठी कोइलाडीको उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
यसैबीच मंगलवारै राजविराजमा एमालेले नगर प्रचार प्रसार समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको पोलिटब्युरो सदस्य पासवानले उदघाटन गर्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajesh Manandhar

    बिभिन्न पार्टीका सयौ प्रबेश भएर होला हिजो प्रधानमन्त्रीको चुनावमा आफ्ना एघार जना सभासदहरु अरु पार्टीभित्र प्रबेश गरेको ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
Sunny Leone trolled for posting a bold picture with daughter Nisha and hubby Daniel on Father’s Day!
Sunny Leone trolled for posting a bold picture with daughter Nisha and hubby Daniel on Father’s Day!
यसरी सिकेका थिए सन्दीपले क्रिकेट
यसरी सिकेका थिए सन्दीपले क्रिकेट
ब्लडमनी बुझाउन नसक्दा एक नेपालीले मृत्यु कुर्दै
रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर
रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी
काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी