किशोरीलाई आइरन चक्की खुवाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
किशोरीलाई आइरन चक्की खुवाइने

सारांश

  • कालीकोट ।
  • सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की कालीकोटमा किशोरीलाई पनि खुवाइने भएको छ ।
  • जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका अनुसार तीन नगरपालिका र ६ वटा गाउँपालिकामा किशोरीलाई आइरन चक्की निरन्तर खुवाइने भएको हो ।

कालीकोट । सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की कालीकोटमा किशोरीलाई पनि खुवाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका अनुसार तीन नगरपालिका र ६ वटा गाउँपालिकामा किशोरीलाई आइरन चक्की निरन्तर खुवाइने भएको हो । कालीकोटमा आइरन चक्की सुत्केरी हुँदा मात्र खुवाउँदा नखाएपछि किशोरी अवस्थाबाटै बानी पार्न यस्तो गर्न लागिएको हो ।

खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकीअन्तर्गतका किशोरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । त्यहाँका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालका अनुसार नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा छात्राछात्रालाई अभिमुखीकरण गरेर आउने १० गतेदेखि किशोरीलाई प्रत्येक हप्तामा तीन चक्कीका दरले आइरन चक्की खुवाउन शुरु गरिएको हो ।

महिलाका जीवनमा आइपर्ने स्वास्थ्य समस्या हल गर्न आइरन चक्कीले महिलाको स्वास्थ्यमा सुधार गर्ने भएकाले सबै वडामा किशोरीलाई आइरन चक्कीको थालनी गर्नुपर्ने खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले जानकारी दिइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?