मन्त्री र राज्यमन्त्री बिच बाेलचाल बन्द !
सारांश
- काठमाडाै, ८ असार ।
- स्वास्थ्य मन्त्रीका रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आएपछि मन्त्रालमा राज्यमन्त्री रहेकी नेकपाकी पद्म अर्याल बिच कुराकानि नै बन्द भएकाे छ।
- मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्री र राज्यमन्त्रीको भेटघाट समेत भएको छैन बोलचाल त धेरै परको कुरा भयो ।
काठमाडाै, ८ असार । स्वास्थ्य मन्त्रीका रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आएपछि मन्त्रालमा राज्यमन्त्री रहेकी नेकपाकी पद्म अर्याल बिच कुराकानि नै बन्द भएकाे छ।
मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्री र राज्यमन्त्रीको भेटघाट समेत भएको छैन बोलचाल त धेरै परको कुरा भयो । स्रोत भन्छ, मन्त्री यादवले राज्य मन्त्री अर्याललाई कुनै अख्तियारी र जिम्मेवारी दिएका छैनन ।
अर्को पार्टीको मन्त्रालयमा अर्कै पार्टीको राज्यमन्त्री किन बसिरहेको भन्ने प्रश्न उठ्न थालेको छ । अझ कतिपयले त नेकपासंग फोरमको पार्टी एकता गर्ने हल्लाले पनि यसमा काम गरिरहेको बताइन्छ । मन्त्री यादवले राज्यमन्त्रीलाई जिम्मेवारी किन नदिएको भन्ने गुनासो सु्निन थालेको छ ।
अर्कातिर प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयमा तानेका छैनन् । न त राज्यमन्त्री अर्याल आफैले राजीनामा दिएकी छिन् । सहमति अनुसार, फोरमले एकजना राज्यमन्त्री पाउनेछ । हुन त, फोरमले राज्यमन्त्री बनाउन सहरी विकास मन्त्रालयमा पनि सक्नेछ र एकजना राज्यमन्त्री थप्दा २५ सदस्यीय हुनेछ ।
तर, दुई फरक पार्टीबाट मन्त्री र राज्यमन्त्री हुँदा समस्या भएको फोरमका नेताहरूले बताएका छन् ।
प्रतिक्रिया