प्रधानमन्त्री देउवाद्वारा शपथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा शपथ

सारांश

  • काठमाडौँ, २४ जेठ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
  • व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।

काठमाडौँ, २४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि उहाँ विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी सो समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो ।

यस्तै, राष्ट्रपति भण्डारीले आजै तीन उपप्रधानमन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानसहित सङ्घीय मामिला तथा स्थानीय विकास, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र र काँग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसैगरी, काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, माओवादी नेता जनार्दन शर्माले गृह, काँग्रेसका फरमुल्हा मन्सुरले श्रम तथा रोजगार र माओवादीकै प्रभु साहले बिना विभागीय मन्त्रीको कार्यभार सम्हाल्नु हुनेभएको छ ।

नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुलाई नेपालको संविधान २०७३ अनुसार राष्ट्रपति भण्डारीले गोपनीयताको शपथ गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने
सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)
राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)
गमला बनाएर मासिक ५० हजार कमाई
गमला बनाएर मासिक ५० हजार कमाई
लिम्बूको कप्तानीमा नेपाल मैदानमा
लिम्बूको कप्तानीमा नेपाल मैदानमा
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
आजको राशिफल
आजको राशिफल

तपाईंले छुटाउनुभयो कि?