उदयपुर र झापामा डुबेर दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
उदयपुर र झापामा डुबेर दुई जनाको मृत्यु

सारांश

  • उदयपुर, १२ असार- उदयपुरको कटारी नगरपालिका ६ आँपटारका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
  • गणेश विश्वकर्माका छोरा १४ वर्षीय डिके विश्वकर्माको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
  • त्यसैगरी, शिवसताक्षी नगरपालिका ७ पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।

उदयपुर, १२ असार- उदयपुरको कटारी नगरपालिका ६ आँपटारका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । गणेश विश्वकर्माका छोरा १४ वर्षीय डिके विश्वकर्माको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

त्यसैगरी, शिवसताक्षी नगरपालिका ७ पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। घर नजिकै रहेको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका २ का गणेश विश्वकर्माको मृत्यु भएको छ । डम्बर बहादुर विश्वकर्माका छोरा गणेशको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

गणेश पानीमा डुबेपछि उद्धार गरेर उपचारका लागि लाइफलाइन अस्पताल दकममा भर्ना गरिएको र सोही क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?