आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै

सारांश

  • काठमाडौं १३ असार।
  • रसियामा जारी विश्वकप फुटबलमा आज बुधबार पनि ४ खेलमा ८ देश बीच भिडन्त हुँदैछ ।
  • नेपाली समय अनुसार बेलुकी पौने ८ बजे २ छुट्टाछुट्टै र राति पौने १२ बजे २ छुट्टाछुट्टै गरी खेल हुँदैछन् ।

काठमाडौं १३ असार। रसियामा जारी विश्वकप फुटबलमा आज बुधबार पनि ४ खेलमा ८ देश बीच भिडन्त हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे २ छुट्टाछुट्टै र राति पौने १२ बजे २ छुट्टाछुट्टै गरी खेल हुँदैछन् ।

तेस्रो तथा अन्तिम चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरिया बीच खेल हुँदैछ । यस समूहमा मेक्सिको ६ अंकका साथ शीर्ष स्थानमा छ भने जर्मनी र स्विडेनको समान ३–३ अंक छ। जर्मनी उद्घाटन खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा स्विडेनविरुद्ध २–१ जितेको थियो । कोरिया पहिलो खेलमा स्विडेनसँग १–० र दोस्रो खेलमा मेक्सिकोसँग २–१ ले स्तब्ध हार व्यहोरेको थियो।

बेलुकी पौने ८ बजे अर्को खेलमा समुह एफकै मेक्सिको र स्विडेन बीच प्रतिस्पर्धा हुँदेछ ।
त्यसैगरी अर्को खेलमा राति पौने १२ मा समूह ‘इ’ का स्विट्जरल्याण्ड र कोस्टारिका बीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो चरणमा पुग्न स्विट्जरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।
एकै समयमा स्पार्टक रंगशाला मस्कोमा हुने आजको अर्को खेलमा ब्राजिल र सर्बिया खेल्दैछन्। अन्तिम १६ मा प्रवेश गर्न दुवै टोलीलाई जित्न आवश्यक छ। जित्ने देश अर्को चरणमा सिधै प्रवेश गर्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jirel Tika

    अब सबै बिद्दवान भन्ने भए !!!!???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?