अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
३० पटक हेरिएको
Shares
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु(चन्द्रौटा), १४ असार ।
  • शारीरीक रुपमा अपांङ्गता भएका व्याक्तिलाई जुनसुकै कार्यमा पनि प्राथमिकता दिने सरोकारवालाहरुले जोड दिएका छन ।
  • राज्यले प्रदान गरेका अधिकारमा कन्जुसाई नगरी पुर्ण रुपमा पालना गरी अपांङ्गता भएका व्याक्तिहरुको अधिकारको लागी पहल गरिने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वताए ।

माधव बेल्वासे, कपिलवस्तु(चन्द्रौटा), १४ असार । शारीरीक रुपमा अपांङ्गता भएका व्याक्तिलाई जुनसुकै कार्यमा पनि प्राथमिकता दिने सरोकारवालाहरुले जोड दिएका छन ।

राज्यले प्रदान गरेका अधिकारमा कन्जुसाई नगरी पुर्ण रुपमा पालना गरी अपांङ्गता भएका व्याक्तिहरुको अधिकारको लागी पहल गरिने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वताए । शिवराज नगरपालिका चन्द्रौटामा आयोजित सरोकार वाला निकायवाट अपांङ्गता भएका व्याक्तिहरुले पाउने सेवा सुविधाका वारेमा सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो वताइएको हो ।

राज्यले अपांङ्गता भएकाहरुलाई सम्पुर्ण क्षेत्रमा अधिकार दिएको हुदाँ सवै अधिकार पुर्ण रुपमा पालना गर्नुपर्ने नगरप्रमुख अधिकारीले वताए । सहभागीहरु वाट आएको जिज्ञासालाई मेटाउदै नगरपालिकाले प्रमुख अधिकारीले अपांङ्ग व्याक्तिहरुको लागी भनी नगरपालिकाले ६ लाख वजेट विनियोजन गरेको वताए । आवश्यक अनुसार हुव्यील चियर लगाएतका सामाग्री खरिद गरि शारीरीर रुपमा अपाङ्गहरु सहज रुपमा हिडडुल गर्ने व्यावस्था मिलाउने अधिकारीले वताए ।

शिवराज नगरपालिकाका भवनहरु अपाङ्गमैत्री हुनुपर्ने,यात्रा गर्दा भाडामा छुट हुनुपर्ने,सिपमुलक तालिम तथा रोजगारको सिर्जना स्थानिय निकायले गरिदिनुपर्ने,अपाङ्ग परिचय पत्र नगरपालिका वाट प्रदान गरिनिपर्ने लगाएतका माग राखिएको छ ।शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले अपाङ्ग भएका व्यक्तिहरुलाई समस्या परेमा जानकारी गराउन अनुरोध गरिन । नगरस्तरीय अपाङ्ग पुनस्थापन समिति सग आफुलाई आवश्यक सामाग्रि माग गर्नपर्ने वताउदै मागहरुलाई नगरपालिकाले पुर्ण रुपमा सम्वोधन गर्ने जिकिर गरिन ।

शिवराज नगरपालिकामा शारीरीक रुपमा अपाङ्गता भएकाहरुको सख्या ४ सय ३८ रहेको जसमा महिला १ सय ८८ पुरुष २ सय ५० जना रहेको नगरस्तरीय अपांङ्ग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्काले वताए ।अपाङ्गता भएका व्याक्तिहरुले पाउनुपर्ने अधिकारको वारेमा जानकारी गराउदै शिवराज नगरपालिकाले सवै अधिकारलाई व्याभारमा लागु गर्नुपर्ने वताए ।

नगरस्तरीय अपांङ्ग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्काको अध्यक्षता,शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता,उपप्रमुख शिवकुमारी थारु,प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल लगाएत विभिन्न साखाका साखा प्रमुखहरुको सहभागीता रहेको थियो ।कार्यक्रम शिवराज नगरपालिकाको सहयोग, नगरस्तरीय अपांङ्ग पुनस्थापन समितिको आयोजना तथा स्ट्रोम फाउण्डेसनको सहजिकरणमा सम्पन्न भएको छ ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?