रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल

सारांश

  • काठमाडौं, १५ असार ।
  • विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् ।
  • खेल भइरहेको रंगशालामा नै बसेको अनुभूति दिलाउने शैलीमा किंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ ।

काठमाडौं, १५ असार । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् । खेल भइरहेको रंगशालामा नै बसेको अनुभूति दिलाउने शैलीमा किंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडी स्क्रिनमा बाक्लो संख्याका दर्शकका बीचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको छ ।

चलचित्र, खेलकुद, व्यापार व्यसाय क्षेत्रका चर्चित अनुहारहरु पनि यो किसिमको अनुभूति बटुल्न लाउञ्ज धाउने गरेका छन् । अतिथिको विशेष स्वागत तथा आतिथ्यताका बीच खेल मैदानमा पुगेको आभास गराउन सक्नु नै लाउञ्जको विशेषता हो । जसका कारण अहिले विश्वकपका हरेक फुटबल खेल हुने समयमा दर्शकहरुको भीड बढ्दै गएको छ ।

विश्वकप फुटबलको उदघाटन शत्रका दौरान लाउञ्जले चलचित्र, खेलकुदका साथै विभिन्न क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई एकै स्थानमा जमघट गराएर सम्मान समेत गरेको थियो । अहिले पनि दैनिक रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपस्थित गराउँदै लाउञ्जले दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गराई सँगै विश्वकप खेल हेर्ने व्यवस्था गराएको छ । यसबाट सबै क्षेत्रका व्यक्तिहरुको आम दर्शकसँग सम्बन्ध स्थापित हुनुका साथै कुनै पनि क्षेत्रमा योगदान दिन सक्नु पर्छ भन्ने सन्देश प्रवाह हुने विश्वास लाउञ्जले लिएको छ ।

लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षित गर्दै २० बाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु नियमित रुपमा प्रदर्शन गरिरहेको छ । लाउञ्जमा विश्वकप अवधिभरि खेलाडी, कलाकार, आम दर्शक, संगीतप्रमी तथा खानाका पारखीहरुको नियमित रुपमा विशेष जमघट हुनेछ । लाउञ्जले खेल देखाउँदै सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने जनाएको छ ।

फोटो : सरोज राई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
कांग्रेसको चुनावी संकल्पमा गर्ने र नगर्ने कामहरु
कांग्रेसको चुनावी संकल्पमा गर्ने र नगर्ने कामहरु
बुढीगण्डकी मुआब्जा विवाद स् भयो चार बुँदे सहमति
बुढीगण्डकी मुआब्जा विवाद स् भयो चार बुँदे सहमति
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध
प्रम कप क्रिकेट : सुदूरपश्चिम छनोट
प्रम कप क्रिकेट : सुदूरपश्चिम छनोट
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री  तामाङ
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री तामाङ
हङकङ भन्सारले गरेन ‘सुन काण्ड’अनुसन्धानमा सहयोग
हङकङ भन्सारले गरेन ‘सुन काण्ड’अनुसन्धानमा सहयोग
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस

तपाईंले छुटाउनुभयो कि?