सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान

सारांश

  • काठमाडौँ, १५ असार ।
  • मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् ।
  • नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो ।

काठमाडौँ, १५ असार । मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् ।

नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उनी क्रियाशील छिन् ।

मानव बेचबिखनविरुद्ध सक्रिय यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा मानव बेचबिखनविरुद्धको सङ्घर्षमा क्रियाशील दनुवारलगायत विश्वभरबाट १० व्यक्तित्वलाई उक्त सम्मानबाट सम्मानित गरेको अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी
बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी
ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !
ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !
आजदेखि जिल्लामा रहने र खारेज हुने कार्यालयहरुको नामावली
आजदेखि जिल्लामा रहने र खारेज हुने कार्यालयहरुको नामावली
परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
रारा घुम्न गएका स्याङजाको मेयरकाे टाउकाेमा ५ वटा टाँका !
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
निर्बाचनको मिति  तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??
निर्बाचनको मिति तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??