फुटपाथमा सामान बेच्न बसेमा महानगरले खोस्ने
सारांश
- काठमाडौँ ।
- काठमाडौँ महानगरपालिकाले सडक पेटीमा हिड्नै नमिल्नेगरी पसल राखेर बस्नेहरुमाथि निगरानी बढाएको छ ।
- फुटपाथमा हिड्नै नमिल्ने गरी सामान राखेको पाइएमा महानगरपालिकाले सामान खोस्ने बताएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा हिड्नै नमिल्नेगरी पसल राखेर बस्नेहरुमाथि निगरानी बढाएको छ । फुटपाथमा हिड्नै नमिल्ने गरी सामान राखेको पाइएमा महानगरपालिकाले सामान खोस्ने बताएको छ ।
महानगरपालिकाले जेठको पहिलो सातादेखि सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामान जफत गरिसकेको छ । जफत गरिएका ती सबै सामान लिलाम प्रक्रियामा लगिने छन् ।
कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्कीलगायतका स्थानबाट ती सामान जफत गरिएको हो । बिहान बेलुका राखिने यस्ता पसलले पैदलयात्रीलाई आवतजावतमा समस्या परेकाले महानगरले अभियान थालेको हो । यसले निरन्तरता पाउने पनि कामपाले जनाएको छ ।
गत जेठको पहिलो साता कामपाले सडक छेउमा विभिन्न किसिमका सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरिएको थियो । उक्त सूचनालाई व्यापारीले अटेर गरेपछि यस्तो अभियान शुरु गरेको महानगरले जनाएको छ ।
Pankaj Pyakurel
Khailebata chadai garnu parcha.