ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २३, २०७७
|
|
३० पटक हेरिएको
Shares
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल

सारांश

  • अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पबाट जोय वाइडेनले सम्हाल्नुभन्दा केही दिन अघि हिंसा मच्चिएको छ ।
  • ट्रम्पका समर्थकहरुले संसद भवन युएस क्यापिटोलमा कब्जा जमाएपछि हिंसा मच्चिएको हो ।
  • त्यसका क्रममा भएको हिंसामा चारजनाको मृत्यु भएको छ ।

अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पबाट जोय वाइडेनले सम्हाल्नुभन्दा केही दिन अघि हिंसा मच्चिएको छ । ट्रम्पका समर्थकहरुले संसद भवन युएस क्यापिटोलमा कब्जा जमाएपछि हिंसा मच्चिएको हो । त्यसका क्रममा भएको हिंसामा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुई महिला र दुई पुरुष छन् । युएस क्यापिटोल पुलिसले चलाएको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।

घटनापछि वासिङ्टनका मेयर मुरिल ब्राउजरले संकटकाल घोषणा गरेकी छिन् । राजधाी वासिङ्टनमा ट्रम्पका समर्थकहरुले हुलदंगा मच्चाएपछि उनले उक्त घोषणा गरेकी हुन् । हतियारसहित निस्किएकाहरुले हिंसा र तोडफोड गरेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

हुलदंगा मच्चाउनेहरुले गोली चलाउनुका साथै रसायन, ईट्टा, बोतल समेतको प्रयोग गरेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?