विश्वकपफुटबल २०१८ मा आजका खेलहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
विश्वकपफुटबल २०१८ मा आजका खेलहरु

सारांश

  • रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् ।
  • अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोेट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् ।
  • आजका विश्वकपका खेलहरु यस प्रकारका छन पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय ७:४५ बजे ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको हो ।

रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् ।

अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोेट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् ।

आजका विश्वकपका खेलहरु यस प्रकारका छन
पहिलो खेल
ब्राजिल विरुद्ध मेक्सिको
समय ७:४५ बजे
ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको हो । ब्राजिलले आफ्नो ३ खेलमा ५ गोल गर्दै १ गोल खाएको छ । ब्राजिलका लागि मिडफिल्डर फिलिप कौटिन्होले सर्वाधिक २ गोल गरेका छन् । त्यस्तै मेक्सिको भने समूह ‘एफ’ को उपविजेताका रुपमा छनोट हुन सफल भएको हो । जर्मनीलाई पहिलो खेलमा हराएको मेक्सिकोले २ जित तथा १ हार बेहोरेको छ । मेक्सिकोले ३ गोल गर्दै ४ गोल खाएको पनि छ ।
दोस्रो खेल
बेजियम विरुद्ध जापान
समय ११:४५ बजे
त्यस्तै अर्को खेलमा शतप्रतिशत नतिजा कायम गरेको बेल्जियम एसियाली राष्ट्र जापानको सामना गर्ने छ । बेल्जियमले ९ गोल गरेको छ जुन कुनै पनि राष्ट्रका लागि समूह चरणमा सबैभन्दा धेरै हो भने केवल दुई गोल खान पुगेको छ । समूह ‘जी’ को विजेता बेल्जियमका लागि रोमेलु लुकाकुले ४ गोल गरेका छन् ।

जापान भने समूह ‘एच’ को उपविजेताको रुपमा छनोट भएको थियो । ३ खेलमा ४ गोल गर्दै ४ गोल खाएको जापानले पहिलो खेलमा कोलम्बियालाई निराश पारेको थियो ।
विश्वकपमा अप्रत्यशित नतिजाहरु आइराखेकाले र जापान र मेक्सिकोले यस अघि बलिया राष्ट्रहरुलाई हराइसकेकाले बेल्जियम र ब्राजिल आज शतर्क अवश्य हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
संसद बैठक बस्दै, १३ विधेयक कुन–कुन मन्त्रीले पेश गर्दैछन् ?
संसद बैठक बस्दै, १३ विधेयक कुन–कुन मन्त्रीले पेश गर्दैछन् ?
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय  बेवारिसे बिरामी बृद्धको उद्धार
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय बेवारिसे बिरामी बृद्धको उद्धार
देउवाले गरे  पदाधिकारी मनोनयन ! देउवा खेमाकै नेता असन्तुष्ट
देउवाले गरे पदाधिकारी मनोनयन ! देउवा खेमाकै नेता असन्तुष्ट
सरकारलाई व्यवसायीको सात दिने अल्टिमेटम
सरकारलाई व्यवसायीको सात दिने अल्टिमेटम
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
उपचारका लागि कोठामा बोलाएर हनी ट्र्यापिङ
उपचारका लागि कोठामा बोलाएर हनी ट्र्यापिङ

तपाईंले छुटाउनुभयो कि?