प्रहरी हिरासत बाट डाक्टर गोविन्द केसीको नेपाल आमालाई मर्मस्पर्सी पत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • प्यारी आमा, सेवा ढोग !
  • आमा म आज एउटा अपराधको आरोपमा प्रहरी खोरमा बसेर यो चिट्ठी लेखिरहेछु।
  • तर, मलाई प्रहरी खोरमा भएपनि कुनै हीनताबोध र लज्जा छैन आमा।

प्यारी आमा, सेवा ढोग !
आमा म आज एउटा अपराधको आरोपमा प्रहरी खोरमा बसेर यो चिट्ठी लेखिरहेछु। तर, मलाई प्रहरी खोरमा भएपनि कुनै हीनताबोध र लज्जा छैन आमा। म शिर उचो गरेर बसेको छु। मेरो कसुर न्याय र समानताको लागि बोल्नु हो। दीनहीनको पक्षमा आवाज मुखरित गर्नु हो। म यो हिरासतको चिसो भुइँमा बसेर पनि गर्व गर्दैछु आमा।

प्यारी आमा, म डाक्टर बन्दा जुन सत्य र निष्ठाको कसम खाएको थिए जुन कर्तव्यबोधको सपना देखेको थिए त्यसबाट किञ्चित पनि तलमाथि छैन बरु झन खारिएको छु, माझिएको छु। आमा म तिमीले देखाएको बाटोबाट आज पर्यन्त विचलित छैन र भोलि पनि हुन्न। आमा आज म थुनिएको मेरा बिरामीहरुको लागि हो, असह्य, विपन्न नेपालीका लागि हो, निर्दोष केटाकेटीको लागि हो, बाल बृद्धबनिता सबै सबैको लागि हो। सबै नेपालीको निष्ठावान उर्जाले मलाई झन हिम्मतिलो दरिलो र सामर्थ्यवान बनाएको छ।

प्यारी आमा,

जसरी आज तिमी प्राण घातक क्यान्सरले थलीएकी छौ त्यसैगरी यो देश (मेरो जन्मभूमि)पनि क्यान्सर रुपी रोगले आक्रान्त छ। मैले खेलेको हिलोधुलो र मैले पहिलोपटक स्पर्श गरेको माटो बिरामी भएको रोगाग्रस्त भएको मैले हेर्न सकिन र यो माटो प्रतिको मेरो कर्तव्य आज हिरासतमा पुरस्कृत हुँदैछ। मलाई मेरो कष्टले अलिकति पनि दुखाएको छैन जति तिम्रो रोगले नेपाल आमा प्रतिको कर्तव्यले दुखाएको छ। यो राज्यको ठुला ठुला मान्छेले जसरी मलाई पागल भन्छन्, अपराधी भन्छन्। त्यसमा मलाई रत्तिभर पनि खिन्नता र लज्जाबोध छैन, बरु कर्तव्यबाट कतै चुके कि चुक्छु कि भन्ने डर छ।

धन्दा नमान आमा म होस रहुन्जेल कर्तव्यकोमा रौ बराबर पनि तल झर्दिन। शक्ति र धन दौलतका पुजारीले मलाई पागल भने हो आमा म साच्चै पागल हु। मलाई यो राज्यको बेथिति, बेसरम, बेढंग, अनाचार, दुराचार र दुराग्रह अनि अत्याचारले सधैं बहुला बनाउँछ, म बहुला हुँ आमा म बहुला हुँ। देशरुपी आमाको कोखमा छुरा धस्ने र दारा नङ्ग्रा कस्नेहरुको नजरमा म बहुला हुँ। जब जब देशमा निशाचरहरुको बिग्बिगी बढ्छ, बोलवाला चढ्छ तबतब मलाई बहुलाउन मन लाग्छ सन्किन मन लाग्छ, म हर औँशीमा बहुलाउँछु, भाउन्न हुन्छु सडकिन्छु।

आमा (नेपाल आमा) म तिम्रो लागि बहुलाएको हुँ छटपटिएको हुँ। मैले जबजब द्रव्यभोगी मनुवाहरुको निर्लज्ज नृत्य देख्छु, शक्ति र सत्ताको आडमा चरम अन्याय देख्छु तबतब म कराउछु बोल्छु अनि मेरो बोलीको निशानामा पर्नेहरु भन्छन्, गोविन्दे फेरि बहुलायो? आमा ! म मेरा लागि कहिले बहुलाए र? मैले मेरा निम्ति के मागे र? बरु सकेको र भएको दुख परेको बेला औषधि र मलमपट्टि वितरण गरें। थोरै भएपनि पीडितम्म पुग्दा मलाई सुखानुभूति हुन्छ, आफूसँग भएको अरुसँग मिलेर खानुपर्छ, मिलीजुली लिनुपर्छ भनेर तिमीले नै सिकाएकी हैनौं र?

मैले त अवसर सबैको लागि हुनुपर्छ भनेको हो मैले अवसर मेरा लागि मेरा आफन्त र इष्टमित्रको लागि मागेको हो र? यो राज्य सबैको हो राज्यले सबैलाई आफ्नो सम्झनुपर्छ भनेको हो। होइन र आमा? म पनि सामान्य मान्छे हुँ कमीकमजोरी भए होला रहँदा बस्दा कसको पो हुन्न ररु म पनि आवेग–संवेग भएको मान्छे हुँ, तर मैले तिमी (यो देशलाई नै घात हुने गरी के बिराँए आमा?) मैले बेथिति हैन थितिको कुर गरे, मैले असंगत न्यायको खिलाफमा बोले, मैले गरिबका लागि पनि राज्य हुनुपर्छ भने, राज्यको सेवा, सुबिधा शिक्षा, स्वास्थ्य कर्णाली र ताप्लेजुङको लागि अनि सोलु र सप्तरीको लागि पनि हो समान हुनुपर्छ भने।

आमा मैले रोगीका घाउहरु निचोरे, पीप निकाले, मलमुत्र छामें, अनि घाउमा मलमपट्टी लगाएँ, सकेको गरें, नसकेको राज्यलाई गर भनें। तर, पनि म कसरी यो राज्यको आखामा बिझाउने भएरु आमा म कसरी अपराधी बनेरु बिरामी रोगीको सक्दो सेवा गरे दुर्गमदेखि सुगम सबैतिर हिँडे सेवालाई धर्म ठाने, सकेको औषधिमुलो गरें। सिटामोल पुर्याएँ। जीवनजल लिएर पुगे। रोगीको ज्यान बँचाउन हरतरहले लागे। तर, म आज अपराध गरेको आरोपमा थुनामा छु। कैदी भएको छु बन्दी भएको छु। विधिको कुरा गर्नु, थितिको कुरा गर्नु, विपन्नको भलाइको कुरा गर्नु, न्याय र समानताको कुरा गर्नु के पाप हो आमा?

न्याय पैसा र धन दौलतमा किनबेच गर्नु हुँदैन, गरीबलाई पनि न्याय र निसाफ भन्नु कसैको मानहानी हो आमा ? गल्ती गर्नेलाई गल्ती गर्यौ भन्नु अपराध हो आमा ? सत्य र निष्ठाको लागि बोल्नु पाप हो आमा? सत्य आमा तिम्रो दूधको धाराको ऋण तिर्न पनि म यो देश (मेरी आमाप्रति) कृतज्ञ हुनैपर्छ। म अन्याय सहन्न र हुनपनि दिन्न। तिमीले नै भनेकी होइनौं र अन्याय गर्नुहुन्न र सहनु पनि हुन्न भनेर? मैले गरीबका लागि न्याय माग्दा अकालमा बिरामी मर्नु हुन्न राज्यले उपचार गर्नुपर्छ भन्दा मलाई अपराधी देखे सम्झे। र, सोमबार राति नै सत्याग्रहमा बसेको ठाउँबाट झ्याइकुटी पार्दै यहाँ जेलको पाहुना बनाएका छन्।

प्यारी आमा, मैले यो देश नै मेरो घर सम्झें र देशकै लागि केही गर्छु भन्दा मलाई कैद योग्य सम्झे। आमा म तिम्रो दुधको कसम बरु मर्छु झुक्दिन। देशघाती बन्दिन। सत्य छोडेर शक्तिको अघि तिम्रो छोरो झुक्ने छैन। म मेरा सारा नेपाली दाजुभाइ दिदी बहिनीको आस्था विश्वास र भरोसालार्इ टुट्न दिन्न, छिन्नभिन्न पार्दिन। मेरो सम्पूर्ण तागत र बल भनेको नेपाली जनताको माया र सद्भाव हो म मर्छु घात गर्दिन।

आमा म सत्यको पथमा उभिदा प्रहरी खोरभित्र पुगेको हुँ, अब हेर्नुछ न्यायालयले सत्यको पृष्ठपोषण गर्छ कि असत्यको भरणपोषण ? म मरेछु भने पनि नरोए आमा, नझारे आँसु ! अन्त्यमा पुन ढोग गर्दै आशीर्वाद मागे, बाँचे, फेरि तिम्रो न्यानो काखमा आउने छु मरे भने देशका लागि मरेको हो भनेर चित्त बुझाउनु।

–उहीँ छोरो

(https://basicbluesnation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
मंसिर ३० गते सोमबारको राशिफल यस्तो छ
मंसिर ३० गते सोमबारको राशिफल यस्तो छ
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
भारत र अमेरिका सहित १० देशका उडान रोक्ने तयारीमा सरकार
भारत र अमेरिका सहित १० देशका उडान रोक्ने तयारीमा सरकार
बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान
बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा

तपाईंले छुटाउनुभयो कि?