विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै

सारांश

  • काठमाडौं, १८ असार ।
  •   विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलय बन्द भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा बारम्बार बताउँदै आएक छन।
  • तर संसदको माथिल्लो सदन राष्ट्रिय सभाका एक जना सदस्यले उक्त कार्यालय अहिले पनि यथावत रहेको र कार्यक्षेत्र झनै विस्तार गरिएको जानकारी सदनलाई गराएका छन्।

काठमाडौं, १८ असार ।  विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलय बन्द भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा बारम्बार बताउँदै आएक छन।

तर संसदको माथिल्लो सदन राष्ट्रिय सभाका एक जना सदस्यले उक्त कार्यालय अहिले पनि यथावत रहेको र कार्यक्षेत्र झनै विस्तार गरिएको जानकारी सदनलाई गराएका छन्।

सत्तारुढ दलकै राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेलले आजको बैठकको विशेष समयमा बोल्दै उक्त कार्यालय यथाबत रहेको जानकारी गराएका छन्।

अहिले पनि त्यो कार्यलय विराटनगरमा सञ्चालन भइरहेको छ। त्यति मात्रै होइन त्यहाँका अधिकारीहरु बाढी प्रभावित क्षेत्रको निरक्षण र रेल्वेमा यसको आवश्यकता छ भन्दै यो कायम रहन्छ भन्ने कुरो उनीहरुले प्रचारित गरिरहेका छन्, प्याकुरेलले भने,‘यतातिर नेपाल सरकारको ध्यान जाओस् भन्ने आग्रह गर्नचाहान्छु।’

प्रदेश २ बाढीबाट प्रभावित हुँदै आएको बताउँदै प्याकुरेलले बाढी नियन्त्रणका लागि सरकारसँग आग्रह गरे। आफूले विभिन्न मन्त्रालयलाई बाढी नियन्त्रणका लागि आग्रह गरेको जानकारीसमेत गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?