प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली

सारांश

  • विवाहको प्रस्ताव लिएर प्रेमिकाको घर पुगेका एक प्रेमिले आफैमाथि गोली चलाएका छन्।
  • १३ वर्षदेखि युवतीको प्रेममा रहेका भाजपा युवा मोर्चाका नेताले आफैमाथि गोली चलाएका हुन्।
  • यो घटना भारतको भोपाल भन्ने स्थानको हो।

विवाहको प्रस्ताव लिएर प्रेमिकाको घर पुगेका एक प्रेमिले आफैमाथि गोली चलाएका छन्।

१३ वर्षदेखि युवतीको प्रेममा रहेका भाजपा युवा मोर्चाका नेताले आफैमाथि गोली चलाएका हुन्।

यो घटना भारतको भोपाल भन्ने स्थानको हो। उनी राति सवा नौँ बजे युवतीको घर पुगे। उनी आएपछि प्रेमिकाका पिताले ढोका खोले। उनले प्रेमिकाका पितासँग विवाहको प्रस्ताव राखे। तर पिताले सिधै अस्वीकार गरेपछि आक्रोशित बनेका युवकले पेस्तल निकालेर आफ्नै कनपटमा गोली हानेका थिए। गोलीको आवाज सुनेपछि त्यहाँ वरपरका व्यक्ति घटनास्थल पुगे र उनलाई तुरुन्त अस्पताल पुर्याए।

अतुल लोखंडे नाम गरेका युवा नेताले आफूलाई गोली हान्नु भन्दा १५ मिनेट पहिले फेसबुक पोस्ट गरेका थिए। प्रेमिकाका पिताले घर पुग्नुअघि युवकसँग अनौठो प्रस्ताव गरेको उनले फेसबुक पोस्टमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, प्रेमिका पिताले भनेका थिए की आज बेलुकी घर आउ र प्रेमिकाका लागि मरेर देखाओ, यदी उसँग प्रेम गछौँ भने । बाँचे दुबैको विवाह पक्का, मरे ७ जन्म पछि फेरि जन्मिएर गर्नु विवाह ।

उनले त्यसैमा लेखेका छन्, म अहिले रश्मिकै घरमा छु। मलाई यहाँबाट लैजानु। जिउदो भएभने आँफै आउनेछु। उससँग पनि बाधा गरेको थियो। एक बाधा त परा गर्न सकिन, दोस्रो बाधा म तिमी बिना बाच्न सक्दिन, त्यसैले जाँदैछु। सबैले यही भन्छन् होला युवतीको चक्करमा मरेर गयो। घर परिवारका बारेमा एक पटक पनि सोचेन। सबैका बारेमा सोचेरै मैले यो कदम उठाएको हुँ। यस बाहेक मैले कुनै उपाय भेटिन्। एकदमै प्रयास गरे। भूल्न सकिन्।

एजेन्सी ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prayash Subba

    Pagal

    Comment Author

    Prayash Subba

    Kt ko baulai chai goli hanu parne khate aafai lai hanera marexa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?