जीवित सालक सहित पक्राउ
सारांश
- काठमाडौं, २२ असार ।
- महाराजगंजबाट जिवित सालक सहित २ जना पक्राउ परेका छन ।
- बातावरण तथा बन्यजन्तुसंग सम्बन्धीत अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले जिवित सालक सहित २ जनालाई पक्राउ गरेको हाे ।
काठमाडौं, २२ असार । महाराजगंजबाट जिवित सालक सहित २ जना पक्राउ परेका छन ।
बातावरण तथा बन्यजन्तुसंग सम्बन्धीत अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले जिवित सालक सहित २ जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने २९ वर्षीय राजेन्द्र तामाङ र बाग्लुङ निसिखोला गाउँपालिका २ बस्ने ३१ वर्षीय दुर्गा बहादुर बि क रहेका छन् ।
उनीहरुलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका–४ शंखपार्क अगाडीबाट अवैध रुपमा खरिद बिक्री गर्न बोकी हिडेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसारमा पठाउनुका साथै जिवित सालक संरक्षणका लागि सदर चिडियाखाना जावलाखेलमा बुझाइएको सो ब्युरोले जनाएको छ ।
प्रतिक्रिया