पाँचथरमा एक जनाको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पाँचथरमा एक जनाको हत्या

सारांश

  • २६ जेठ, पाँचथर ।
  • पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा शुक्रबार बिहान एक व्यक्तिको हत्या भएको छ ।
  • फिदिम-१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ को हत्या भएकाे हाे ।

२६ जेठ, पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा शुक्रबार बिहान एक व्यक्तिको हत्या भएको छ ।

फिदिम-१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ को हत्या भएकाे हाे ।

हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिप्रका, पाँचथरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलका अनुसार उनीहरुबीच नाता सम्बन्ध पर्ने र जग्गा विवादको विषयलाई लिएर हत्या गरिएको हुनसक्ने बताइएको छ ।

केरुङको शव परीक्षणका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?