गुफामा फसेका १२ जनाकाे उद्धार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
गुफामा फसेका १२ जनाकाे उद्धार

सारांश

  • गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।
  • गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए ।
  • गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो ।

गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।

गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए । गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । फुटबल कोचसहित १२ जना बालकलाई गुफाबाट टोलीले सकुसल उद्धार गरेको हो ।

उनीहरुलार्इ निगरानीका लागि अस्पतालमा सातदिनसम्म राखिने थाइ अधिकारीहरुले जनाएका छन् । संक्रमण नफैलियोस भनेर उनीहरुलार्इ अलग–अलग राखिएको छ । एक हप्ता अस्पताल बस्नुपर्ने कारण उनीहरु विश्वकप फुटबलमा सहभागी हुने सम्भावना न्यून रहेको छ ।

उद्धार कार्यमा विभिन्न देशका उद्धार टोलीको सहभागिता रहेको थियो । गुफामा चारजना उद्धारकर्ताहरु रहेको र उनीहरु पनि निस्कने क्रममा रहेको बीबीसीले जनाएको छ ।

बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए ।

गुफामा फसेका सबैको उद्धार गर्न १८ दिन लागेको हो ।

(https://colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?