रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
सारांश
- स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए।
- १ सय १२ मिलियन यूरोमा रोनाल्डो चारवर्षका लागि यूभेन्ट्स पुगेसँगै उनको रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य भएको छ।
- २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमान राखे।
स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए।
१ सय १२ मिलियन यूरोमा रोनाल्डो चारवर्षका लागि यूभेन्ट्स पुगेसँगै उनको रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य भएको छ।
२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमान राखे।
पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका उनले रियल छाड्ने निश्चित भएपछि आफूले बिताएका वर्षहरुको सम्झना गर्दै पत्र लेखेका छन्:
रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै कृतज्ञताको भावमात्रै रह्यो। मलाई मायाँ र सद्भाव देखाउने सम्पूर्णप्रति आभारी छु।
मलाई लाग्यो कि, यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग मलाई बुझिदिन अनुरोध गर्दछु।
यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन, लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्हो पनि।
किनकी, रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर, यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन।
मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ।व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।
रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो। त्यसैकारण पनि म क्लब, क्लबका अध्यक्ष, निर्देशकहरु, सहकर्मी, प्राबिधिकहरु, चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु।
पुनः हाम्रा समर्थक र स्पेनिस फुटबललाई धन्यवाद दोहोर्याउन चाहान्छु। यी ९ वर्षमा मेरा अगाडि उत्कृष्ट खेलाडीहरु पनि रहनुभयो। उहाँहरुप्रति मेरो सदा आभार रहनेछु।
म धेरैपटक क्लबको प्रतिबिम्बका रुपमा पनि चिनिएँ। तर, अब क्लबका लागि नयाँ चरण आइसक्यो। म जादैँछु, तर, मेरो जर्सी, ती ट्रफी र सेन्टियागो बेर्नाबेउलाई म जहाँ भएपनि सधैँ आफ्नो महसुस गरिरहनेछु।
सबैलाई धन्यवाद! अनि, ९ वर्ष अघि यहाँ आउँदा स्टेडियममा मैले भनेको शब्द दोहोर्याउन चाहन्छु:
हाला मड्रिड!
प्रतिक्रिया