त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द

सारांश

  • नुवाकोट, २९ असार ।
  • त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।
  • जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पु¥याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ ।

नुवाकोट, २९ असार । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।

जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पु¥याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ ।

विद्युत् उत्पादन गर्न सकिने भए पनि मर्मतका लागि बन्द गर्नुपर्ने बाध्यताले मंगलबार अपराह्नको आगलागीलगत्तै त्रिशूली र बुधबारदेखि देवीघाट जलविद्युत् केन्द्र बन्द गरिएको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

आगलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत् प्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक खटिएको भट्टले बताए ।
उहाँका अनुसार आगोले क्षति पुगेका ब्रेकर भैरहवा सवस्टेशनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याउन पहल भइरहेको छ ।

“पूर्णक्षति भएका उपकरणको लगत लिएर सामग्री मगाएका छौं ।” उनले भने, “आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकलमार्फत पानीसमेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति भन्ने यकिन हुन अझै बाँकी छ ।” उनका अनुसार प्रारम्भिक लगतको आधारमा रु एक करोडभन्दा बढी क्षति पुगेको छ । त्रिशूली जलविद्युत् केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको हो ।

बन्द भएका दुई जलविद्युत् केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक रु ५० लाखभन्दा बढीको विद्युत् उत्पादन रोकिएको त्रिशूली जलविद्युत् केन्द्रका वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिए ।

उनका अनुसार क्षति पुगेका उपकरण मर्मत गर्न कम्तीमा एकसाता लाग्ने देखिएपछि यहाँका केन्द्रमार्फत वितरण भएको विद्युत्लाई बुधबार साँझदेखि राष्ट्रिय ग्रिडमार्फत जडान गरी विद्युत् सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द
राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
चर्को चुनाबि जोडघटाउ , रणनिति बदल्दै दलहरु !
चर्को चुनाबि जोडघटाउ , रणनिति बदल्दै दलहरु !
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
चन्दा सङ्कलनबाट मदरसा सञ्चालन
चन्दा सङ्कलनबाट मदरसा सञ्चालन
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले  अगाडि {Live Update}
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले अगाडि {Live Update}
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै