उम्मेदवारी छनोटको अन्तिम तयारीमा नेपाली कांग्रेस !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
उम्मेदवारी छनोटको अन्तिम तयारीमा नेपाली कांग्रेस !

सारांश

  • दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार छनोट गर्न दिनहुँजस्तो बैठक गर्दै आए पनि अझै धेरै ठाउँको उम्मेदवारी टुंग्याउन सकेको छैन ।
  • २ नम्बर प्रदेश पूरै, ५ प्रदेशका सहरी क्षेत्र र १ नम्बर प्रदेशका मोरङसहितका क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंग्याउन नसकेको हो ।
  • विराटनगरबारे छलफल नै सुरु भएको छैन मोरङको विराटनगर महानगरपालिका प्रमुखका लागि अमृत अर्याल, डा.

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार छनोट गर्न दिनहुँजस्तो बैठक गर्दै आए पनि अझै धेरै ठाउँको उम्मेदवारी टुंग्याउन सकेको छैन । २ नम्बर प्रदेश पूरै, ५ प्रदेशका सहरी क्षेत्र र १ नम्बर प्रदेशका मोरङसहितका क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंग्याउन नसकेको हो ।

विराटनगरबारे छलफल नै सुरु भएको छैन
मोरङको विराटनगर महानगरपालिका प्रमुखका लागि अमृत अर्याल, डा. डिला संग्रौला र भीम पराजुलीबीच लडाइँ छ । पार्टी केन्द्र यीमध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा प्रवेश नै गरेको छैन । दुर्गम र पहाडी क्षेत्रमा मात्र केन्द्रित भएपछि सहरी र विवादित क्षेत्रमा कांग्रेस प्रवेश नै नगरेको हो । सुनसरीका सबै तहमा उम्मेदवार टुंग्याए पनि रामचन्द्र पौडेल पक्ष र संस्थापनका असन्तुष्टले असन्तुष्टि जनाइरहेका छन् ।

२ नम्बरमा छलफल नै सुरु भएन
सप्तरीदेखि पर्सासम्मका जिल्लामा उम्मेदवारी चयन गर्न कांग्रेसले छलफल नै गरेको छैन । पहिले अन्यत्र केन्द्रित भएपछि यी ठाउँमा प्रवेश नै नगरेको कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल बताउँछन् । अबको दुई–तीन दिनभित्रमा उम्मेदवारी टुंग्याउने तयारी भएको उनले बताए । सकेसम्म स्थानीय तहमा उम्मेदवार मिलाउने प्रयास भए पनि मिल्दै नमिले मात्र केन्द्रमा पठाउउने गरेको उनको भनाइ छ ।

वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिका प्रमुखमा कांग्रेसबाट अजय द्विवेदी, श्याम पोखरेल, राकेश सिंह, ओमप्रकाश शर्मा चर्चामा छन् । यिनैमध्येबाट उम्मेदवार तय गरिने कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । उपमेयरमा शान्ति कार्की, गीता श्रेष्ठ, कल्पना प्याकुरेल चर्चामा छन् । दाङ र बाँकेका उपमहानगर तथा नगरमा अझै उम्मेदारको टुंगो लागेको छैन । रूपन्देही, नवलपरासीमा पनि कांग्रेसले सबै उम्मेदवार टुंग्याउन सकेको छैन । ‘लगभग ९० प्रतिशत टुंग्याइएको छ, तर १० प्रतिशत बाँकी छ,’ कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ पत्रिकासँग भने, ‘अब ५ र १ सकाएर बाँकी २ नम्बरको केही दिनमै टुंग्याउन नेताहरू जुट्नुभएको छ ।’

प्रदेश १ र ७ मा भने कांग्रेसले लगभग उम्मेदवार टुंग्याइसकेको दाबी गरेको छ । पछिल्ला केही दिनदेखि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिका नेताहरू उम्मेदवारी टुंग्याउन नियमित बैठकमा बस्दै आएका छन् । शनिबार बिहान पनि केन्द्रीय कार्यालय सानेपामा पुनः बैठक बस्दै छ ।

तालमेलको तयारीमा कांग्रेस
कांग्रेसले दोस्रो चरणको निर्वाचनमा पनि तालमेल गर्ने तयारी छ । केन्द्रको नीतिअनुसार भन्दा पनि स्थानीय आवश्यकताका आधारमा यसअघि जस्तै माओवादी केन्द्रसँग तालमेल हुने कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि बताउँछन् । ‘हामी केन्द्रबाट होइन, स्थानीय आवश्यकताका आधारमा तालमेल गर्छौँ,’ निधि भन्छन्, ‘माओवादीसँग खासगरी पहाडी क्षेत्रमा तालमेल हुन्छ ।’

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Prasad Rijal

    good lock

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?