मोटरसाइकल छाेराले चलाए कारवाहि बाबु परे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३१ असार ।
  • लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो ।
  • तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ ।

काठमाडौं, ३१ असार । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ ।

ललितपुरमा केहीदिन अघि लाइसेन्सविनै स्कुटर चलाउने व्यक्तिका बाबुसमेत कारवाहीमा परे ।
धापाखेल बस्ने हरिश्चन्द्र महर्जनले आफ्नो छोरालाई स्कुटर दिएका थिए । बाबुसँग लाइसेन्स भएता पनि छोरासँग थिएन । छोरा युजेन्द्र धापाखेलबाट सातदोबाटोतिर आउँदै थिए, बाटामा ७ वर्षे बालक जीवन धमलालाई स्कुटरले ठक्कर दियो ।

घाइतेलाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पतालमा भर्ना गरियो । युजेन्द्रलाई प्रहरीले पक्राउ ग¥यो । बा ६९ प २६१९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लियो ।

आफ्नो स्कुटर लिएर बजारतिर हिँडेको छोरो दुर्घटनामा परेपछि हरिश्चन्द्र महर्जनले जावलाखेलस्थित ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर सीताराम हाछेथुलाई भेटे । आफूले यसरी छोरालाई स्कुटी दिनु गल्ती भएको भन्दै महर्जनले माफी मागे । तर, हाछेथुले बाबुलाई समेत कारबाही हुने बताए ।
दुर्घटना गराउने छोरालाई प्रहरीले थुनामा राखेकै थियो, बाबुका नाममा हछेथुले एक हजार रुपैयाँको चिट काटे । अनि लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिने व्यक्तिलाई समेत कारवाही हुने उनले सम्झाए ।

घरमा रहेको मोटरसाइकल वा स्कुटर छोराछोरीलाई लिएर बाबुआमाले बजारतिर पठाउने गरेकाले दुर्घटना बढेको हाछेथु बताउँछन् ।

हाछेथुले  भने– ‘लाइसेन्स नलिएका आफ्ना छोराछोरीलाई बाबुले जा दूध, तरकारी लिएर आइज भन्दै मोटरसाइकल चलाउन दिन्छन्, यसले गर्दा दुर्घटना हुने गरेको छ ।’उनले अगाडि भने– ‘लाइसेन्स नभएको मान्छेलाई सवारी चलाउन दिनेलाई ट्राफिकले हजार रुपैयाँ कारवाही गर्न पाउँछ ।

लाइसेन्स नलिई चलाउनेलाई त कारवाही भइहाल्छ, सवारी साधन दिने मान्छेलाई पनि कावाही हुन्छ । यही कारण छोराले दुर्घटना गराउँदा बाबुलाई पनि मैले एक हजार रुपैयाँको चिट काटेको हुँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने
वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक
उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक
सडक दुर्घटना एकै परिवारका १४ जनाकाे मृत्यु !
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल
छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल

तपाईंले छुटाउनुभयो कि?