सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा

सारांश

  • काठमाडाै, ३२ असार।
  • फुटवलले कस्लाई मोहनी नलगाएको होला ?
  • त्यसमाथि पनि विश्वकपको फाइनलले।

काठमाडाै, ३२ असार। फुटवलले कस्लाई मोहनी नलगाएको होला ? त्यसमाथि पनि विश्वकपको फाइनलले। नेपाल विश्वकप फुटवल खेल्न नपुगेपनि यहाँका हरकोहि फुटवलका क्रेजी छन्। फुटवलको क्रेजले नेताहरु पनि अछुतो रहने कुरै भएन। नेताहरु लोकतन्त्रवादी हुनकी कम्युनिष्ट फुटवलको नसा सबैमा लागेकै पाइएको छ।

सरकारका मन्त्रीहरु फुटवलका कति क्रेजी रहेछन भन्ने कुरा फाइनल हेर्न उनीहरुले फाइभ स्टार होटलकै अग्रपङति बुक गरेबाट देखियो। काठमाडौंको याक एण्ड यती होटल विश्वकप फुटवल हेर्ने सरकारका कम्युनिष्ट मन्त्रीहरुका कारण खचाखच भयो। केपी ओली सरकारका आधा दर्जन मन्त्रीसहित नेकपाका नेताहरुले याक एण्ड यती होटलमा डीनर सहित विश्वकप फाइनलको मजा लिए। खेल हेर्नेहरु अधिकांश कम्युनिष्ट नेता कार्यकर्ता थिए। खेल हेर्नेहरुले खानाका लागि प्रतिव्यक्ति २५ सय रुपैयाँ तिरेका थिए।

विश्वकप फुटवलको फाइनल खेल हेर्न ओली सरकारका उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु र नेकपाका यूवा नेताहरु खेल हेर्न फाइभ स्टार होटल याक एण्ड यती पुगेका हुन् । खेल हेर्न नेकपाका नेता टोपबहादुर रायमाझी, धनश्याम भुसाल, पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् ।

उर्जामन्त्रीका पछाडी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि फुटवलमा रमाइरहेका थिए। रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल फ्रान्सले ४-२ले जीतेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?