हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते

सारांश

  • अस्बिन खड्का, ३२ असार ।
  • उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर  साेमबार (आज ) बिहान स्थानीय सापुपा खोलाको किनार मा मृत अवस्थामा फेला परेका हुन् ।

अस्बिन खड्का, ३२ असार । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर  साेमबार (आज ) बिहान स्थानीय सापुपा खोलाको किनार मा मृत अवस्थामा फेला परेका हुन् । मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अाइतबार राति उदयपुरगढी गाउँपालीका ५ मा दुइ जना खुकुरी प्रहारबाट घाइते भएका छन ।

उदयपुरगढी गाउँपालीका ५का नबिन बिक र सन्दिप बिककाे खुकुरी प्रहारबाट तेलतेले बाट  फुटबल गेम हेरी नेपालटार फर्कने क्रममा दुर्गा बहादुर रार्इ र कृष्ण बिक घाइते भएका हुन ।  खुकुरी प्रहार गर्दा दुर्गा बहादुर राईको दाहिने कान मुनि घाँटिमा र टाउकोमा चोट लागेकाेले स्थानिय क्लिनिकमा उपचार गराई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको बताइएकाे छ ।

उनकाे टाउको र घाटिमा गरी १३ टाका लगाएको छ भने  कृष्ण बिक को छातिमा सामान्य चोट स्थानिय क्लिनिकमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको  बताइएकाे छ । खुकुरी प्रहार गर्ने मध्ये नबिन बि क लार्इ  नियन्त्रणमा लिएकाे छ भने  संदिप बिक फरार रहेको ले  खोज तलास जारी रहेको प्रहरी ले बतायको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?