नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने, तर कहिले ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने, तर कहिले ?

सारांश

  • काठमाडाै, ३२ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने भएको छ।
  • आगामी दुई बर्षभित्र गण्डकी नदीमा पानी जहाज चलाइने तयारी सुरु भएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका छन्।

काठमाडाै, ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने भएको छ। आगामी दुई बर्षभित्र गण्डकी नदीमा पानी जहाज चलाइने तयारी सुरु भएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका छन्।

मन्त्री परिषद बैठक लगत्तै परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले आगामी दुई बर्षभित्र गण्डकी (नारायणी)मा पानी जहाज चल्ने बताए। ‘त्यसैका लागि एउटा भारतीय अधिकारीहरुको टोलीसँग आइतबारदेखि वार्ता सुरु भएको छ’ ज्ञवालीले भने, ‘त्यहाँ गण्डकीमा जहाज चलाउने गरी कुराकानी हुँदैछ।’

जल तथा उर्जा आयोगको आयोजनामा नेपाल आएका भारतीय पानीजहाज प्राधिकरणका अधिकारीहरुसँग भएको छलफलबारे मन्त्री ज्ञवालीले जानकारी दिएका हुन्। मन्त्री ज्ञवालीका अनुसार, करिव ३ सय मेट्रिक टन सामान बोक्ने क्षमताको जहाज गण्डकी (नारायणी) नदीमा चलाउन सकिने स्थिति छ।पानी जहाज चलाउनका लागि आवस्यक पर्ने प्राविधिक सहयोग भारत सरकारले दिने जानकारी पनि मन्त्री ज्ञवालीले दिए।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले नेपाली ध्वजा ९झण्डा० बाहक प्रशान्त र हिन्द महासागरमा पानी जहाज चलाइने बताएका थिए। गत चुनावका क्रममा पनि ओली समुद्र सबैको साझा हुने स्मरण गराउँदै ठूला समुद्रमा नेपाली ध्वजाबाहक पानी जहाज चलाइने प्रतिबद्दता व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?