राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह

सारांश

  • काठमाडौं, २६ माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रभु साहले बालुवाटार ललिता निवास जग्गा प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
  • आज विहानै आफ्नो फेशबुक पेजमा एक स्टाटस लेख्दै साहले ‘सानालाई ऐन, ठूलालाई चैन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन नसक्ने बताएका हुन् ।

काठमाडौं, २६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रभु साहले बालुवाटार ललिता निवास जग्गा प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज विहानै आफ्नो फेशबुक पेजमा एक स्टाटस लेख्दै साहले ‘सानालाई ऐन, ठूलालाई चैन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन नसक्ने बताएका हुन् ।

उनले लेखेका छन्,‘कार्यकारी सर्वा्िधकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सहि वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ । तर ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ । प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?’

साहले थप अघि भनेका छन्,‘यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन । हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो । ’सानालाई ऐन, ठुल्लालाई चयन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन् सक्दैन । तसर्थ यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरूरी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
बारा–२ मा उम्मेदवारी दर्ता
बारा–२ मा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
सांसद लामाले गाउँलेलाई दिए ५ वटा एम्बुलेन्स
सांसद लामाले गाउँलेलाई दिए ५ वटा एम्बुलेन्स
आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्
आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
११ वर्षीय बालक महाकालीमा बेपत्ता !
११ वर्षीय बालक महाकालीमा बेपत्ता !
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’