फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने

सारांश

  • चितवन, २ साउन ।
  • चितवनमा जीवन उपयोगी प्राविधिक सिप शिक्षा दिने उद्देश्य सहित स्थापित फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।
  • कलेज परिसरमा  पत्रकार सम्मेलन आयोजना गर्दै कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न २० वटा कार्यक्रम गर्ने भएको हो ।

चितवन, २ साउन । चितवनमा जीवन उपयोगी प्राविधिक सिप शिक्षा दिने उद्देश्य सहित स्थापित फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।कलेज परिसरमा  पत्रकार सम्मेलन आयोजना गर्दै कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न २० वटा कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रम अन्तर्गत यहि साउन ५ गते साइबर सेक्युुरिटी, साउन ११ गते गुरुपूर्णिमाको दिन चितवन र नवलपरासीका विभिन्न कलेज तथा स्कुलका प्राचार्यहरुलाई सम्मान, साउन १५ गते होटलका सेफ तथा म्यानेजरहरुलाई सम्मान लगायतका विशेष कार्यक्रम रहेको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल दिपक गौतमले बताए । रणयस्तै हस्पिटालिटी म्यानेजमेन्ट अन्तर्गतका विद्यार्थीहरुको क्षमता वृद्धिसगैँ विभिन्न खानाका परिकारहरुलाई स्थापित गराउन फुड फेष्टिवल कलेज परिसरमा नै गरिने समेत गौतमले बताए ।

विगत एक बर्ष देखि संचालनमा रहेको यस फोब्र्स कलेजले १२ कक्षा उत्तिर्ण विद्यार्थीहरुको लागि ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट बि.एच.एम, ब्याचलर इन कम्प्युटर साईन्स नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युुरिटी तथा ज्ञानसुधा टेक्निकल कलेजसंग सहकार्य गर्दै सिप मुलक शिक्षा प्रदान गर्दै आएको छ, भने कक्षा १० पास विद्यार्थीको लागि सीपमुलक शिक्षा दिने उद्देश्यले शतप्रतिशत जागिरको अवसर सहित डिप्लोमा इन होटल म्यानेजमेन्ट एण्ड कुलिनरी आर्ट्स लेबल ३ र ४ का कक्षाहरु पनि संचालन गरिरहेको कलेजका प्रिन्सिपल दिपक गौतमले बताए ।

कलेजले हालसम्म ६० भन्दा बढी विद्यार्थीहरुलाई विदेशका विभिन्न पाँचतारे होटलमा इण्टर्नसिप गराईरहेको छ । यस्तै सिपपछि रोजगारीको समेत सूनिश्चित गरेको कलेजको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
माओवादी केन्द्र सरकारबाट बाहिरिने
माओवादी केन्द्र सरकारबाट बाहिरिने
अस्पताल र बसमा जेठालाई ५० प्रतिशत छुट
अस्पताल र बसमा जेठालाई ५० प्रतिशत छुट
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
ग्लोबल आइएमर्इ बैंक नाफामा, निक्षेप एक खर्ब ६ अर्ब पुग्यो
ग्लोबल आइएमर्इ बैंक नाफामा, निक्षेप एक खर्ब ६ अर्ब पुग्यो
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सी जिङपिङको नेपाल भ्रमण गराउन ओली र प्रचण्डको कसरत
सी जिङपिङको नेपाल भ्रमण गराउन ओली र प्रचण्डको कसरत
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित

तपाईंले छुटाउनुभयो कि?