माओवादी केन्द्र सरकारबाट बाहिरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
माओवादी केन्द्र सरकारबाट बाहिरिने

सारांश

  • काठमाडौं: प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।
  • आसन्न चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलार्इ सरकार छाड्न दवाव दिँदै आएका थिए।
  • तर माओवादीले सरकारबाट नबाहिरिने र सरकारलार्इ दिएको समर्थन फिर्ता नलिने बताउँदै आएको थियो।

काठमाडौं: प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।

आसन्न चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलार्इ सरकार छाड्न दवाव दिँदै आएका थिए। तर माओवादीले सरकारबाट नबाहिरिने र सरकारलार्इ दिएको समर्थन फिर्ता नलिने बताउँदै आएको थियो।

आज माओवादी केन्द्रबाट मन्त्री बनेका उपप्रधान तथा परराष्ट मन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् भने गृहमन्त्री जनार्दन शर्माले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन्।

माओवादीसंग रुष्ट बनेका प्रधानमन्त्री देउवा भने माओवादीले मन्त्री फिर्ता नबोलाए उनीहरुलार्इ जिम्मेवारीविहीन बनाउने तयारीमा रहेको चर्चा थियो। देउवाले केही दिन अघि मात्र राप्रपालार्इ सरकारमा सहभागि गराएका थिए। राप्रपाका मन्त्रीहरुलार्इ माओवादीले सम्हालेका मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?