कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा

सारांश

  • काठमाडौं, ४ साउन ।
  • कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले औपचारिकरुपमै कान्तिपुर छाडेका छन् ।
  • सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजीनामा स्वीकृत भएको बताउँदै सम्पादक थापाले कान्तिपुरसँगको २६ वर्षे यात्राको अन्त्य गरेको जानकारी दिएका छन ।

काठमाडौं, ४ साउन । कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले औपचारिकरुपमै कान्तिपुर छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजीनामा स्वीकृत भएको बताउँदै सम्पादक थापाले कान्तिपुरसँगको २६ वर्षे यात्राको अन्त्य गरेको जानकारी दिएका छन ।

थापाले आगामी दिनमा पनि पत्रकारिता र लेखन कर्ममै संलग्न हुने बताएका छन् । उनले हालसम्म साथ, सहयोग र शुभेच्छा दिने सबैप्रति आभार प्रकट गरेका छन् । कान्तिपुरको प्रधानसम्पादकबाट सुधीर शर्माको बहिर्गमनपछि थापालाई प्रधानसम्पादकको रुपमा हेरिएको थियो ।

सम्पादक थापाले पनि आफ्नो तयारी गरेका थिए तर अचानक नारायण वाग्लेलाई ल्याएर व्यवस्थापनले परिचय गराएपछि थापाले सुधीरको बिदाई र वाग्लेको स्वागतको कार्यक्रममा झुलुक्क देखिएर बाहिरिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?