एकै परिवारका ४ जनाले नदीमा हाम फाले, ३ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एकै परिवारका ४ जनाले नदीमा हाम फाले, ३ जना बेपत्ता

सारांश

  • डोटी – डोटीको एक गाउँका एकै परिवारका ४ जनाले सेती नदीमा हाम फालेका छन् ।
  • नदीमा हाम फालेका ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
  • डोटीको आदर्श गाँउपालिकाका एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेको बताइएको छ ।

डोटी – डोटीको एक गाउँका एकै परिवारका ४ जनाले सेती नदीमा हाम फालेका छन् । नदीमा हाम फालेका ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डोटीको आदर्श गाँउपालिकाका एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेको बताइएको छ ।
नदीमा हाम फालेकामध्ये ६ वर्षीय सुनिल बोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर बिकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिकाका बमबहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

एकैपटक सेतीमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य भैरहेको जनाएको छ ।

धौलीका श्रीमान् बमबहादुर बोहरा सहितलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको छ । उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khadka Yam

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : उपप्रधानमन्त्री खड्का
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : उपप्रधानमन्त्री खड्का
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद बिक्री ?
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद बिक्री ?
लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन
लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ

तपाईंले छुटाउनुभयो कि?