कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति

सारांश

  • सुर्खेत, ७ साउन ।
  • कर्णाली प्रदेश सरकारले उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको छ ।
  • आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा हिजोको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

सुर्खेत, ७ साउन । कर्णाली प्रदेश सरकारले उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा हिजोको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दिएको जानकारीअनुसार सदस्यहरुमा समाजसेवीत्रय खडकबहादुर विक, ललितजंग महत र यज्ञप्रसाद ढकाल रहेका छन् । त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवहरु पदेन सदस्य रहेका छन् । यो समितिको सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन् ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको लोगो निर्माण गर्ने निर्णय गरेको छ । त्यस्ते, सार्वजनिक खरिद विधेयकको मस्यौदा–२०७५ को निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने दिने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?