शिक्षालाई अगाडि बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउँछ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
शिक्षालाई अगाडि बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउँछ : प्रम ओली

सारांश

  • काठमाडौं ९ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् ।
  • लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौ सभा बैठकलाई बालुवाटारमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

काठमाडौं ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौ सभा बैठकलाई बालुवाटारमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिको लागि गौरव भन्दा पनि पीडाको बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “चाहिएको छ कृषि विज्ञ, प्रमाण पत्र छ अरु नै बिषयको । यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा बदलिन्छ ।”

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गर्ने प्रधानमन्त्री ओलीले बताए । नेपाललाई लामो समय गरिब बनाएर खान, लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु¥याएको प्रधानमन्त्री ओलीले बताए । “तर अब त्यो अवस्था बाँकी रहेन”, प्रधानमन्त्री ओलीले भने, “अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात
मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
स्वाइन फ्लुको प्रकोप बढ्दै राजधानीमा, एकको मृत्यु
स्वाइन फ्लुको प्रकोप बढ्दै राजधानीमा, एकको मृत्यु
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
यसकारण नरेन्द्र मोदी भ्रष्टाचारी हुन : राहुल गान्धी
यसकारण नरेन्द्र मोदी भ्रष्टाचारी हुन : राहुल गान्धी
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
यी हुन् मेस्सी का १२ रोचक तथ्य र नेपाल कनेक्सन !
यी हुन् मेस्सी का १२ रोचक तथ्य र नेपाल कनेक्सन !
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

तपाईंले छुटाउनुभयो कि?