कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर

सारांश

  • काठमाडौं, १० साउन ।
  • कर्णाली प्रदेशको विकासका लागि लगानी आकर्षित गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले महत्वपुर्ण निर्णय गरेको छ ।
  • विहीवार सम्पन्न कर्णाली प्रदेशको मन्त्रीपरिषद वैठकले लगानी आकर्षित गर्न वैदेशिक ऋण, अनुदान, सहायता एवं अन्तराष्ट्रिय लगानी प्राप्त गर्न प्रदेश सरकार आफैले वार्ता, संवाद र सहमति गर्न पाउनुपर्ने माग गर्दै नेपाल सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।

काठमाडौं, १० साउन । कर्णाली प्रदेशको विकासका लागि लगानी आकर्षित गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले महत्वपुर्ण निर्णय गरेको छ । विहीवार सम्पन्न कर्णाली प्रदेशको मन्त्रीपरिषद वैठकले लगानी आकर्षित गर्न वैदेशिक ऋण, अनुदान, सहायता एवं अन्तराष्ट्रिय लगानी प्राप्त गर्न प्रदेश सरकार आफैले वार्ता, संवाद र सहमति गर्न पाउनुपर्ने माग गर्दै नेपाल सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।

कर्णाली प्रदेशको समग्र विकासका लागि ठूलो लगानी आवश्यक भएको र लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै प्रवक्ता केसीले निजी क्षेत्रवाट लगानी हुने योजना, आयोजना, कार्यक्रम र उद्योगमा राज्यवाट संकलन हुने कर र राजश्वमा १० वर्षसम्म छुट हुने व्यवस्था मिलाई दिन पनि नेपाल सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिइन् । त्यसैगरी आजको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेश गौरवका आयोजनाहरुको लागि विशेष अनुदान, समपुरक अनुदान, आन्तरिक ऋण तथा वैदेशिक सहायता एवं लगानीको व्यवस्थापनका लागि पनि नेपाल सरकार तथा अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने निर्णय गरेको प्रवक्ता केसीले वताइन् ।

बैठकले प्रदेश लोकसेवा आयोग विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने र सल्यान जिल्लाको छत्रेश्वरी गाँउपालिकाको केन्द्र विवाद र गाउपालिकाको नाम परिवर्तनको विषयलाई प्रदेश सरकारको राजनैतिक समितिमा पठाउने निर्णय गरेको पनि उनले बताइन् । प्रवक्ता केसीका अनुसार आजको मन्त्रीपरिषद वैठकले प्रशासकीय कार्यविधि नियमित गर्ने सम्वन्धमा बनेको विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
नेकपालाइ पाल्पाबाट यस्ताे खबर
नेकपालाइ पाल्पाबाट यस्ताे खबर
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
मोरङ्ग २ मा रिजाल र पोखरेलको कडा टक्कर
मोरङ्ग २ मा रिजाल र पोखरेलको कडा टक्कर
११ बर्षिया बालक अपहरण: करोडौं रकम फिरौती माग
११ बर्षिया बालक अपहरण: करोडौं रकम फिरौती माग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?