त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
सारांश
- चितवन, ११ साउन ।
- काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।
- दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
चितवन, ११ साउन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । २३ जना यात्रुहरुको सकुशल उद्धार गरिएको छ ।
अहिलेसम्म २३ जनाको उद्धार गरिएको र अन्य यात्रुहरुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ ख २५०६ नं को बस विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशुलीमा खसेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया