त्रिकोणात्मक शृङ्खलाको उपाधि नेपाल र नेदरल्याण्डलाई !
सारांश
- काठमाडौँ, १४ साउन ।
- एमसिसि(मेरिलबन क्रिकेट क्लब)को आयोजनामा भएको त्रिकोणात्मक टि–ट्वान्टि प्रतियोगिताको उपाधि नेपाल र नेदरल्याण्डले बाँडेका छन् ।
- निर्णायक अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएपछि उपाधि बाँड्नु परेको हो ।
काठमाडौँ, १४ साउन । एमसिसि(मेरिलबन क्रिकेट क्लब)को आयोजनामा भएको त्रिकोणात्मक टि–ट्वान्टि प्रतियोगिताको उपाधि नेपाल र नेदरल्याण्डले बाँडेका छन् । निर्णायक अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएपछि उपाधि बाँड्नु परेको हो ।
एकै दिनमा सकिएको उक्त प्रतियोगिताको पहिलो खेल नेदरल्याण्ड र एमसिसिका बिच थियो । जुन खेलमा नेदरल्याण्ड विजयी भयो । एमसिसि र नेपालका बिचको खेलमा पनि पानीले अवरोध पु¥याएपछि खेल छोट्याएर ६ ओभरमा झारिएको थियो जुन नेपालले ९ विकेटले जित्न सफल भयो। एमसिसिले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको थियो । ४१ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेट गुमाएर ४.४ ओभरमै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
एमसिसि विरुद्धको खेल सकिए लगत्तै नेपाली टोलि नेदरल्याण्डसँग खेल्न मैदानमा उत्रिएको थियो । जसमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । १७ औँ ओभरमा वर्षाका कारण खेल रोकिनु पूर्व नेदरल्याण्डले राम्रो ब्याटिङ् गर्दै ४ विकेटको क्षतिमा १७४ रन बनायो । त्यसपछि खेल पुनः सुचारु हुन सकेन ।
दुवै टोलिले एक एक खेल जिते पछि उपाधि बाँड्नु परेको थियो । यस लगत्तै नेपाली टोलि ऐतिहासिक एकदिवसिय शृङ्खलाका लागि नेदरल्याण्ड प्रस्थान गर्दैछ ।
प्रतिक्रिया