एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार !
सारांश
- बेँशीसहर, लमजुङ १६ साउन ।
- पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
- जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
बेँशीसहर, लमजुङ १६ साउन । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया