नेपाली चलचित्र ‘राम कहानी’ काे ट्रेलर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेपाली चलचित्र ‘राम कहानी’ काे ट्रेलर सार्वजनिक

सारांश

  • काठमाडाैँ, १७ साउन ।
  • सुदर्शन थापा निर्देशित चलचित्रका ‘राम कहानी’काे ट्रेलर बिहिबार दिउसाे सार्वजनिक भएकाे छ ।
  • फिल्ममा अाकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिँदै छन् ।

काठमाडाैँ, १७ साउन । सुदर्शन थापा निर्देशित चलचित्रका ‘राम कहानी’काे ट्रेलर बिहिबार दिउसाे सार्वजनिक भएकाे छ । फिल्ममा अाकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिँदै छन् । सुदर्शन थापा र पूजा शर्मा कै लगानीमा बन्न लागेकाे फिल्म राम कहानीमा लव कमेडी र हरर काे संगम देख्न सकिन्छ ।

फिल्ममा केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा) र रविन्द्र झा समेत रहेका छन् । वरिष्ठ हाँस्य कलाकारकाे अभिनय र पूजा र अाकाशकाे प्रेम कहानीले फिल्म उत्कृष्ट बनेकाे अनुमान लगाउन सकिन्छ ।

फिल्म भदाै २२ मा रिलिज हुँदैछ भने यसकाे एउटा गित ३ महिना अघि नै सार्वजनिक भएकाे थियाे र दर्शकले रुचाएका पनि थिए ।

ट्रेलरकाे लिंक तल दिइएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?