बलात्कारका अभियुक्त लाई आठ वर्ष कैद सजाय
सारांश
- सप्तरी, १८ साउन ।
- १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका सप्तरीको बोदे बर्साइन ६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दास अाठ बर्षकालागी जेल चलान भएका छन् ।
- दासलाइ घरको ढोका तोड्दै बालिकाको मुखमा रुमाल कोचेर २०७२ भदौ १ गते राति बलात्कार गरेका अाराेप लागेकाे थियाे ।
सप्तरी, १८ साउन । १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका सप्तरीको बोदे बर्साइन ६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दास अाठ बर्षकालागी जेल चलान भएका छन् । दासलाइ घरको ढोका तोड्दै बालिकाको मुखमा रुमाल कोचेर २०७२ भदौ १ गते राति बलात्कार गरेका अाराेप लागेकाे थियाे । घरमा अरु कोही नभएको बेला पीडितको घरको ढोका तोड्दै बलात्कार गरेका अभियुक्तले प्रतिकारमा उत्रेकी बालिकालाई कुटपिट समेत गरेका थिए ।
यो भन्दा अगाडी पनि पक्राउ पर्दै छुट्दै गरेका बलात्कारी लाई प्रहरी चौकी काचनले बिहीबार नै पक्राउ गरी जिल्ला अदालत बुझाएको मा अदालतले कैद सजाय असुल गर्न कारागार पठाएको तामिलदार किरण कुमार सिंहले बताए । आरोपी धर्मेन्द्रकुमार दास ले यो घटना अघि पनि विभिन्न ठाउँमा बलात्कारको आरोपमा पक्राउ गर्दै छुट्दै आएका थिए। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको गत असार १७ गतेको फैसलाबमोजिम दास आठ वर्षका लागि कारागार गएका हुन् । फैसलाबमोजिम दासले पीडितलाई क्षतिपूर्ति समेत दिनु पर्ने अदालतको आदेश छ ।
Rajesh Lingden
Oh yasto balatkari lai fasi ko sajay ko kanun banaunu parxa nepal sarkar@@@