भारतले अर्जेन्टिनालाई हराएर हराएर रच्यो इतिहास
सारांश
- काठमाडौं, २१ साउन ।
- भारतको अन्डर– २० फूटबल टोलीले स्पेनमा चलिरहेको कोटिफ कप २०१८ को प्रतियोगितामा अर्जेन्टिनाको अन्डर–२० टोलीलाई २–१ ले हराएर इतिहास रचेको छ ।
- भारतको ऐतिहासिक जीतका नायक अनवर अली रहे ।
काठमाडौं, २१ साउन । भारतको अन्डर– २० फूटबल टोलीले स्पेनमा चलिरहेको कोटिफ कप २०१८ को प्रतियोगितामा अर्जेन्टिनाको अन्डर–२० टोलीलाई २–१ ले हराएर इतिहास रचेको छ । भारतको ऐतिहासिक जीतका नायक अनवर अली रहे । उनले म्याचको ६८औं मिनेटमा फ्रिकिकलाई गोलमा परिणत गरेर म्याच भारतको पोल्टामा पारेका हुन् ।
म्याचको शुरूआतदेखि नै भारतीय टोलीले अर्जेन्टिनालाई टक्कर दिँदै पहिलो गोल गरेको हो । भारतीय खेलाडी दीपक टांगरीले हेडरमार्फत पनि गोल गरेका थिए । अर्जेन्टिनी टीमका खेलाडीहरू प्रसिद्ध क्लबमा खेलेको अनुभव बटुलिसकेका भएर पनि भारतको यो जीत महत्वपूर्ण छ ।
भारतको गोलपछि अर्जेन्टिनी टोलीले दोस्रो हाफमा बराबरी गर्ने धेरै कोशिश गरेको थियो तर भारतीय टीमले सबै आक्रमण रोक्यो । त्यसपछि ६८औं मिनेटमा अलीले फ्रिकिकलाई गोलमा परिणत गरेर भारतलाई २–० को अग्रता दिलाए । तर त्यसको ४ मिनेटमै अर्जेन्टिनाले भारतविरुद्ध गोल गरेको थियो ।
बाँकी १८ मिनेटको खेलमा अर्जेन्टिनाले निकै दबाब बनाएको थियो । तर भारतीय डिफेन्डरहरू अनिष राय र जीतुले अन्तिमसम्म डटेर भारतलाई ऐतिहासिक जीत दिलाएका थिए ।
Hasta Budha
sala dhotile harauchh