शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा

सारांश

  • लण्डन, २१ साउन ।
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसुम नवाजको स्वास्थ्यमा सामान्य सुधार आएको उनका छोरा हुसेन नवाजले सोमबार बताएका छन् ।
  • लण्डनको हार्ली स्ट्रिट क्लिनिकमा क्यान्सरको उपचार गराइराख्नुभएकी कुलसुम अहिले होसमा आए पनि उनलाई अझै भेन्टिलेटरमा राखिएको छ ।

लण्डन, २१ साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसुम नवाजको स्वास्थ्यमा सामान्य सुधार आएको उनका छोरा हुसेन नवाजले सोमबार बताएका छन् ।
लण्डनको हार्ली स्ट्रिट क्लिनिकमा क्यान्सरको उपचार गराइराख्नुभएकी कुलसुम अहिले होसमा आए पनि उनलाई अझै भेन्टिलेटरमा राखिएको छ । छोरा हुसेनलाई उद्धृत गर्दै पाकिस्तानी टेलिभिजन सामाले भनेको छ, आमाको स्वास्थ्यमा सामान्य सुधार आएको छ । अहिले उहाँ इशाराले आफ्ना समस्यालाई बताउनसक्न थाल्नुभएको छ । तर उहाँलाई लगाइएको भेन्टिलेटर भने हटाइएको छैन ।
हुसेनका अनुसार एक महिनासम्म कोमामा राखेर उपचार भएपछि गत जुलाई १३ देखि आमाले आँखा खोलेकी छन्। हुसेनले पाकिस्तानी जनतालाई आमाको नाम सम्झेर प्रार्थना गरिदिन अनुरोध गरेका थिए।
कुलसुमको उपचारका लागि पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफ र छोरीसमेत लण्डनमा रहँदै आएकोमा एभेनफिल्ड भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहरिएपछि उनीहरू तोकिएको सजायको व्यतित गर्न केही दिन पहिले पाकिस्तान आउएका थिए ।
पाकिस्तानी विशेष अदालतले गता जुलाई ६ मा शरीफ र मार्याम दुवैलाई भ्रष्टाचार मुद्दामा जेल सजाय तथा जरिवानाको फैसला सुनाएको थियो । जस अनुसार पूर्व प्रधानमन्त्री शरीफले १० बर्ष जेल र ८० लाख पोण्डस्टर्लिङ जरिवाना तथा मार्यामले ८ बर्ष जेल र २० लाख पोण्डस्टर्लिङ जरिवाना तिर्नुपर्नेछ ।
उनीहरू दुवैजना गत जुलाई १३ मा पाकिस्तानी शहर लाहोरमा आइपुगेपछि पक्राउ परेका थिए । अहिले उनीहरूलाई रावलपिण्डीस्थित अडियाला जेलमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति तोकियो
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति तोकियो
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान
सीमाले रोक्दैन् सिर्जनालाई
सीमाले रोक्दैन् सिर्जनालाई
महाअभियोग प्रकरण : १५ भदौमा जबरालाई बयानका लागि बोलाइयो 
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु
दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा

तपाईंले छुटाउनुभयो कि?