बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड

सारांश

  • काठमाडौं : अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ ।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
  • अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।

काठमाडौं : अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।

‘ढकालविरुद्ध उदयपुरको कटारी र इलामको माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोग दाबीसहित दुई वटा मुद्दा दर्ता भएका छन् । एउटामा सोमबारै बयान सकिएको छ । अर्कोमा मंगलबार बयान र थुनछेक हुने छ,’ विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अन्नपूर्णसँग भने ।

अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Nawaraj Neupane

    Lutera Lai phasi de.

    Comment Author

    Harihar Bhattarai

    खानकै लागि त फितलो कानुन बनाएका हुन तल देखी माथि सम्म। कडा कानुन बनाए र साधारण धरौटी मा रिहा हुने परिपाटी रोकीयोस त भ्रस्टाचार गर्ने आटनै गर्दैनन कसैले।

    Comment Author

    Shiva Aryal

    Rip

    Comment Author

    Dip Chhangchha

    वाहुन केटो लाई पैसा भन्दा ठूलो के हुन्छ र?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?