नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल

सारांश

  • हेटौँडा, ४ असाेज ।
  • प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान विश्वका धेरै संविधान मध्ये उत्कृस्ट संबिधान भएको भन्न संकोच मान्न नपर्ने बताएका छन्।
  • सबिधान दिवशको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

हेटौँडा, ४ असाेज । प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान विश्वका धेरै संविधान मध्ये उत्कृस्ट संबिधान भएको भन्न संकोच मान्न नपर्ने बताएका छन्। सबिधान दिवशको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

ऐतिहासिक जनाअन्दोलन र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै वहाले आन्दोलनमा सहादत प्राप्त गर्ने र बेपत्ता परिवारका पिडित नागरिकलाई सम्मान गर्नु आफु लगायत सबैको कर्तब्य रहेको बताए। नेपालको संविधानले सबै किसिमको विभेद अन्यगरि आर्थिक समानता समृद्दी र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समाबेशी र सहभागितामुलक सिद्दान्तको आधारमा समतामुलक समाज निर्माण गर्ने संकल्प रहेको बताउदै मुख्यमन्त्री पौडेलले नागरिक स्वतन्त्रता ,मानब अधिकार ,पूर्ण प्रेस स्वतन्त्रता ,स्वतन्त्र र सक्षम न्यायपालिका र कानुनि राज्यको अबधारणा लगायत लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित समाजबाद प्रति प्रतिबद्द रही समृद्द रास्ट्र निर्माण गर्ने अठोट लिएको बताए।

संबिधान दिवसलाइ २,३ र ४ गते तिनदिन अझ बिशेष बनाउन रक्तदान कार्यक्रम, संबिधान र संबिधानबाद बिषयमा गोष्ठी ,प्रभातफेरी ,झाकी प्रदर्शन ,जनआन्दोलन र जनयुद्दमा सहिद परिवारलाई सम्मान लगायत तिनै दिन साझ सबै सरकारी कार्यालय संघ संस्था नागरिक समाज तथा आमनागरिकको घरमा दिपावली गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा २५ जना घाइते
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
कडा रोगका बिरामीलाई सरकारले दियो २ अर्ब ४३ करोड ४४
कडा रोगका बिरामीलाई सरकारले दियो २ अर्ब ४३ करोड ४४
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
प्रक्रिया बिना नै हस्पिटल कब्जा गर्न खोजियो : जीवन गौतम
प्रक्रिया बिना नै हस्पिटल कब्जा गर्न खोजियो : जीवन गौतम
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त
राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त

तपाईंले छुटाउनुभयो कि?