विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु

सारांश

  • काठमाडौं, २२ साउन ।
  •   विश्वकपको २२  औं संस्करण २०२२ कतारमा हुनेछ ।
  • विश्वकपका लागि कतारमा भव्य स्टेडियम तयार हुँदैछन् ।

काठमाडौं, २२ साउन ।  विश्वकपको २२  औं संस्करण २०२२ कतारमा हुनेछ ।

विश्वकपका लागि कतारमा भव्य स्टेडियम तयार हुँदैछन् । यी स्टेडियमहरु कतारका ७ शहरमा छन् । कतारका शहरहरु अल डायन, अल खोर, अल रायन, अल शमाल, अल वक्राह, दोहा र उम सलाहमा विश्वकपका खेलहरु खेलिनेछन् ।

यी सबै स्टेडियमहरु मौसमको प्रभाव नियन्त्रण गर्न सक्षम हुनेछन् । यी स्टेडियम निर्माणको लागत ३ अर्ब डलर रहने अनुमान गरिएको छ ।

१. अल गराफा स्टेडियमः यो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई मर्मत गरी भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।२.अल रायन स्टेडियमःयो स्टेडियम पनि अल रायन शहरमा छ । यो स्टेडियमलाई पनि मर्मत गरी भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।३. अल खोर स्टेडियमः अल खोर शरहको यो भव्य स्टेडियम नयाँ निर्माण गरिएको हो । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वका रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।४. अल शमाल स्टेडियमः यो स्टेडियम अल शमाल शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।५. अल वक्राह स्टेडियमःयो स्टेडियम अल वक्राह शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।६. दोहा पोर्ट स्टेडियमःयो स्टेडियम राजधानी दोहा शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु, राउण्ड अफ १६ र क्वाटर फाइनलका खेलहरु हुनेछन् ।७.खलिफा इन्टरनेशनल स्टेडियमःयो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई मर्मत गरेर भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल र सेमिफाइनल खेलहरु हुनेछन् ।८.कतार युनिभर्सिटी स्टेडियमःयो स्टेडियम राजधानी दोहा शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ ।९.एजुकेशन सिटी स्टेडियमःकतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।१०. लुसैल आइकोनिक स्टेडियमःयो स्टेडियम अल डायन शहरमा छ । यो स्टेडियममा उद्घाटन खेल हुनेछ । यससँगै यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेलसमेत यही स्टेडियममा हुनेछ ।

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?