बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, १७ घाइते
सारांश
- काठमाडौं २३ साउन ।
- चितवनमा गएराति भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
- पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
काठमाडौं २३ साउन । चितवनमा गएराति भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरीले जनाएको छ ।
इटा बोकेर फर्किँदै गरेको ट्रक बससँग ठोक्किएको थियो । चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको छ ।
प्रतिक्रिया