यसकारण भयाे प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बस्ने बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
यसकारण भयाे प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बस्ने बैठक स्थगित

सारांश

  • काठमाडाै, २३ साउन ।
  • भावी प्रधानन्यायाधीशको नाम सिफारिसका लागि आज (बुधबार) बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
  •  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले  जानकारी दिए।

काठमाडाै, २३ साउन । भावी प्रधानन्यायाधीशको नाम सिफारिसका लागि आज (बुधबार) बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले  जानकारी दिए।

अर्यालयका अनुसार प्रमुख पतिपक्ष दल नै नभएपछि परिषद अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन्। यसअघि दीपकराज जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस भएकाेमा संसदीय सुनुवाइ समितिको दुई तिहाई बहुमतले अस्वीकृत गरेको थियो।शैक्षिक प्रमाणपत्र लगायतका विवादमा मुछिएपछि समितिले जोशीलाई अस्विकृत गरेको हो।

त्यसपछि जोशी विदामा बसेपछि अहिले ओमप्रकाश मिश्र सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा छन् । बैठकले भावी प्रधानन्यायाधीका लागि नाम सिफारिश गरेर संसदीय सुनुवाई विशेष समितिमा छलफलका लागि पठाउनेछ। यसअघि नै न्याय परिषद्को बैठकले वरिष्ठताका आधारमा मिश्र र चोलेन्द्रशमसेर जबराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

आज बस्ने भनिएको परिषद् बैठकमा भावी प्रधानन्यायाधीशको नाम सिफारिससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिबारे पनि छलफल गर्ने एजेन्डा थियो। अब देउवा स्वदेश नफर्किंदासम्म बैठक नबस्ने भएकाले करिब एक हप्ताका लागि परिषद् बैठक सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन
राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ
२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ
साउदी अरबमा भीषण हिमपात‚ हिउँले भरिए मरुभूमि
साउदी अरबमा भीषण हिमपात‚ हिउँले भरिए मरुभूमि
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड
प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?
​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?
नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ
नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ

तपाईंले छुटाउनुभयो कि?