लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !

सारांश

  • बनेपा, २३ साउन ।
  •   काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ ।
  • विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो ठाउँमा मन्दिरसँगै बाल उद्यान, वनभोज पार्क, वृद्धाश्रम, वृक्षरोपण र अन्य पार्क निर्माणका लागि काम अगाडि बढिरहेको लटरम्बेश्वर महादेव तथा संसारीदेवी मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर कार्की (नानीराम)ले बताए ।

बनेपा, २३ साउन ।  काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ । विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो ठाउँमा मन्दिरसँगै बाल उद्यान, वनभोज पार्क, वृद्धाश्रम, वृक्षरोपण र अन्य पार्क निर्माणका लागि काम अगाडि बढिरहेको लटरम्बेश्वर महादेव तथा संसारीदेवी मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर कार्की (नानीराम)ले बताए । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा पर्ने सो ठाउँमा २०७३÷७४ मा सूर्यविनायक नगरपालिकाले रु २० लाख आर्थिक सहयोग उपलब्ध गराएको सो मन्दिरको लागि स्थानीयस्तरबाट समेत आर्थिक सहयोगमा हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

उनका अनुसार कृषि विकास बैंकको क्षेत्रीय निर्देशनालयबाट सामाजिक विकास कोषमार्फत रु एक लाखको सहयोगमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । उनका अनुसार नेपाल सरकारबाट समेत रु ४० लाख अनुदानसहित स्थानीय बासिन्दाको सहयोग गरी कूल रु एक करोड ५० लाख लगानी भइसकेको बताए । पहिला दिनमा दुई÷चारजना मात्रै भक्तजन आउने गरेको मन्दिरमा भवन निर्माण कार्यसँगै भक्तजनको आगमन बढ्दै गएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभलक्ष्मी कार्कीले बताए । मन्दिरको दक्षिणमा आशापुरेश्वर महादेव, उत्तरमा महाङ्कालेश्वर महादेव र पूर्वमा विकटेश्वर महादेव रहेको सो मन्दिर ११ वटा गजुर राखेर निर्माण गरिएको छ ।

भिङ्गालेश्वर र लटरम्बेश्वर सामुदायिक वनको बीचमा रहेको सो क्षेत्र दुई हेक्टर क्षेत्रफलमा फैलिएको छ । दुबै सामुदायिक वनले धार्मिक पर्यटन विकासका लागि भनेर कार्ययोजनामा नै पारित गरिसकेको अध्यक्ष कार्कीले बता। विगतमा उपत्यकालाई एकीकरण गर्नका लागि पृथ्वीनारायण शाहले गडी निर्माण गरेको ठाउँ साँगा संसारीदेवी गडीको रुपमा समेत परिचत रहेको छ । काभ्रे जिल्लाको भँैसेपाटी बनेपालगायतका स्थान अवलोकन गर्न सकिने सो ठाउँबाट उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । हावापानी र वातावरणको दृष्टिकोणले पनि अति उपयुक्त ठाउँ भएकाले पछिल्लो अवस्थामा भक्तजनको ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी योगेन्द्रबहादुर घलेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?