पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…

सारांश

  • मलेशिया/एएफपी – मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।
  • मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए ।
  • मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उनीमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएपनि उनले अस्वीकार गरेका छन् ।

मलेशिया/एएफपी – मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।

मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उनीमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएपनि उनले अस्वीकार गरेका छन् । आरोप प्रमाणित भएमा १५ वर्ष जेल बस्नुपर्नेछ ।

उनी सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा लागेका छन् । गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो ।

पूर्व प्रधानमन्त्री रजाक ६५ वर्षका छन् । गत महिना पक्राउ परेका उनी धरौटीमा छुटेका थिए ।
मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्रीमा रहँदा उनले नै बनाएको ‘१एमडिबी’ नामको आयोजनामार्फत अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ ।

बुधबार अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री रजाकलाई लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो । आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई कृषि सामग्री वितरण
किसानलाई कृषि सामग्री वितरण
अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती, फेरि दुई तिहाई ल्याउने दाबी
एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ
एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई बिन्ध्यबासिनीमा भेट्न पाइने
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
विवादमा मुछिएकालाई लुम्बिनी कोषको सदस्य सचिव
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार

तपाईंले छुटाउनुभयो कि?