कैलालीमा बम विस्फाेट, कर्मचारीमाथि छुरा प्रहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
कैलालीमा बम विस्फाेट, कर्मचारीमाथि छुरा प्रहार

सारांश

  • कैलाली,  २४  साउन ।
  • कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले बिहिवार विहान बम विष्फोटन गराएको छ।
  • विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट भएको हो ।

कैलाली,  २४  साउन । कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले बिहिवार विहान बम विष्फोटन गराएको छ। विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट भएको हो । ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानिय त्रसित भएका थिए। विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएपनि अन्य क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिएका छन्।

बम किन र कसले विष्फोटन गरायो सोको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोहि उद्योगमा अज्ञात समुहले साउन २ गते समेत २ वटा बम राखेको भेटिएको थियो ।

सहकारीका कर्मचारीमाथि बालुवागडामा छुरा प्रहार

कैलालीको चुरे गाँउपालिका ४ बालुवागडामा सहकारीका कर्मचारी माथि छुरा प्रहार भएको छ। किसान बहुउद्देश्य सहकारी संस्था चौमालामा कार्यरत लम्की चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मुकुण्डो लगायका अज्ञात दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ ।बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कदै गरेका न्यौपानेलाई बालुवागडा नजिकै बाटोमा आक्रमण भएको हो। दिउँसो पौने १२ बजे घटना भएकोमा प्रहरीमा ढिलो गरि खबर आएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार घाईते न्योपानेको दायाँ हात र पेटमा चोट लागेको छ ।

मोटरसाईकलमा रहेका न्योपानेलाई रोकेर आक्रमण भएपछि उनीहरु भागेका थिए। घाईतेको धनगढीको सिपि अस्पतालमा उपचार भईरहेको छ। छुरा प्रहार गर्ने दुई जनाको प्रहरीले खोजी गरिरहेको छ।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता
चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता
झापा मिडिया कप–२०७४ सुरु
झापा मिडिया कप–२०७४ सुरु
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
राेचक समाचार : पोस्टमार्टम गर्दा जब मृत शरीरबाट चिच्याएको आवाज आयो…
राेचक समाचार : पोस्टमार्टम गर्दा जब मृत शरीरबाट चिच्याएको आवाज आयो…
माधव नेपाललाई फकाउन ओलीको यस्तो प्रस्ताव
माधव नेपाललाई फकाउन ओलीको यस्तो प्रस्ताव
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने
ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने